SamwadKhabar logo

               

शिक्षा

निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग

संवाद खबर

संवाद खबर

निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग
पुस १, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न माग गरेका छन् । विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय हस्तक्षेपको अन्त्य र मौलक हकमा उल्लेख गरेअनुसारको माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्न परिषद्ले मागरे गरेको हो । पत्रकार सम्मेलनमा परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठक मार्फत दुई महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य तथा निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चितता र युवाहरूमा बढ्दो दूव्यसनीको प्रभाव र सिमाक्षेत्रमा बढिरहेको घुसपैठको नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने प्रस्तावहरु राखेका छन् । परिषद्ले राष्ट्रिय महत्वका विभिन्न विषयमा चर्चा तथा योजनाको साथमा आफ्नो केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न गरेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए । परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठकबाट सार्वजनिक गरेको निर्णयहरू यस प्रकार रहेका छन् ।  बैठकबाट शैक्षिक र समसामयिक विषयमा दुईवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए ।  पौष १ र २ गते देवघाटधाममा संस्कृत विद्यार्थी सम्मेलन सम्पन्न हुनेछ ।  देशभर पौष ३ गते देखि १० गतेसम्म वृहत सदस्यता अभियान सञ्चालन गरिनेछ ।  फागुन ५ र ६ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न हुनेछ जसमा आधारभूततहदेखि उच्चतहसम्मको शिक्षाको बारेमा चर्चा तथा नीतिगत छलफल हुनेछ ।  देशका २५ स्थानमा जनजाति विद्यार्थी बैठक सम्पन्न हुनेछन् ।  प्रदेश स्तरमा माघ महिनाभित्र नगर सचिव बैठक सम्पन्न हुनेछन् ।  आगामी चैत्र १८, १९ र २० गते धनगढीमा १२०० जना प्रतिनिधिहरूको सहभागितामा नवौँ राष्ट्रिय अधिवेशन सम्पन्न हुनेछ ।  अर्को केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा सम्पन्न हुनेछ ।  देशभर विभिन्न समयमा विद्यार्थीका लागि रचनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पनन हुनेछन् ।  माघ महिनामा काठमाडौँमा राष्ट्रिय मिडिया कार्यशाला सम्पन्न हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…