SamwadKhabar logo

               

खेलकूद

तनावपूर्ण अवस्थामा अर्जेन्टिनाको सामना गर्दै फ्रान्स

संवाद खबर

संवाद खबर

तनावपूर्ण अवस्थामा अर्जेन्टिनाको सामना गर्दै फ्रान्स
पुस ३, काठमाडौँ । नेपाली समयअुनसार आज राति ८ः४५ बजे विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच खेल हुँदैछ । तीन पटक विश्वकप उपाधि विजेता बनिसकको अर्जेन्टिनासँग फ्रान्सले जित हासिल गर्न आफैंमा चुनौती छ । यदि हुँदा हुँदै पनि फ्रान्स उपाधि दोहो¥याउन चाहन्छ । तर, यसैबेला फ्रान्सलाई अर्को चुनौती थपिएको छ । साविक विजेता रहेका फ्रान्सका टोलीका केही खेलाडी अस्वस्थ भएको अवस्था छ । सेमिफाइनल सकिएसँगै फ्रान्सका केही खेलाडीलाई ‘भाइरल फ्लु’ देखिएको छ । भने केही खेलाडी घाइते हुँदा फ्रान्सेली टोलीमा तनाव सिर्जना भएको हो । अर्जेन्टिनाजस्ता बलियो फुटवल टोलीको सामना गर्नु पर्ने अवस्थामा टिमका केही सदस्य विमारी भएपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले विश्वकपको फाइनलमा सहभागिताका लागि चर्चित स्ट्राइकर करिम बेन्जेमालाई फ्रान्स जान गरेको आग्रहलाई अस्वीकार छन् । बेन्जिमा विश्वकप खेल्ने फ्रान्सको टोलीमा दर्ता छन् । तर, विश्वकपको पूर्वसन्ध्यामा चोट बोक्दै उनी कतारबाट स्पेन फर्किएका थिए । फ्रान्सको स्थानीय मिडिया ईएसपीएनले उल्लेख गरेअनुसार टोलीमा फ्लु र चोटका कारण समस्या भएपछि राष्ट्रपति म्याक्रोनले बेन्जिमालाई फाइनल खेलका लागि कतार जान आग्रह गरेका थिए । आफूलाई कतारबाट फिर्ता गर्ने प्रशिक्षक डिडियर डेसच्याम्पसको निर्णयप्रति बेन्जिमा असन्तुष्ट छन् । जसका कारण अहिले फाइनल खेल्नका लागि उनले कतार आउन गरेको आग्रह बेन्जिमाले अस्वीकार गरेको अनुमान गरिएको छ । राष्ट्रपति म्यानुयलले भने विश्वकपको फाइनलमा घाइते खेलाडीलाई पनि उपस्थित गराउने बताएका थिए । यसअघि विश्वकप जित्दाका प्रमुख खेलाडी पोग्बा र कान्टेसतिह आधादर्जन खेलाडी अहिले टिम बाहिर छन् । करिब ५ खेलाडीले विश्वकपको फाइनल गुमाउने निश्चित भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…