SamwadKhabar logo

समाचार

विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च

संवाद खबर

संवाद खबर

विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च
पुस ७, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण पठाउन विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । वैदेशिक रोजगार बोर्डको सचिवलायका अनुसार पछिल्लो तीन वर्षमा तीन हजार १९९ जना नेपाली श्रमिकको गन्तव्य देशमा मृत्यु भएको छ । यो सङ्ख्या बोर्डको सचिवालयमा क्षतिपूर्ति प्राप्त गर्नेको मात्रै हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोजगारीमा गएकामध्ये दैनिक तीनवटा शव बाकसमा आउनु सामान्य विषय नभएको बताउनुभयो । गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, “सीप नभएका अदक्ष श्रमिकको मृत्युदर ठूलो भएकाले दुई/तीन महिना विदेश जान रोकेर भए पनि सीप सिकाएर दक्ष बनाएर मात्रै पठाउनुपर्छ भन्ने पक्ष छु ।” घरपरिवारका लागि दुई छाक खान समस्या नहोस् भनेर विदेश पुग्ने नेपालीमध्ये वर्षमै एक हजारभन्दा बढीको सङ्ख्या बन्द बाकसमा फर्कन्छन् भन्नु सामान्य कुरा नभएको भन्दै श्रममन्त्री कुँवरले पछिल्लो पटक विदेश जाने सङ्ख्या अझै बढेकाले सीपबिना पठाउँदा ठूलो सङ्ख्यामा जनधनको मूल्य चुकाउनुपर्ने हुनाले अहिलेबाट नै गम्भीर हुनुपर्छ भन्नुभयो । यस विषयमा सरकार गम्भीर र संवेदनशील भएको पनि उहाँको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२२’ का अनुसार आव २०७६/७७ मा ६५८ श्रमिकले ज्यान गुमाएकामा आव २०७७/७८ मा एक हजार ११८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो सङ्ख्या बढेर आव २०७८/७९ मा एक हजार ३९५ पुगेको छ । वैदेशिक रोजगार क्षेत्रका जानकार डा. जीवन बानियाँले पर्याप्त तालिम, सीप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युको मुखमा पुगेको बताउनुभयो । त्यसो त प्रतिवेदनअनुसार विदेशमा मृत्यु भएकामध्ये ९६ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । यसैगरी प्रतिवेदनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका रहेको देखाएको छ । गएको तीन वर्षमा मधेश प्रदेशका ७५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ । तीन वर्षमा प्रदेश १ का ७०९ जना श्रमिकले ज्यान गुमाएका छन् । यस्तै त्यही अवधिमा लुम्बिनी प्रदेशका ६६८ र गण्डकी प्रदेशका ४७८ श्रमिकले विदेशमा ज्यान गुमाएका छन् । यस्तै बागमती प्रदेशका ४०९, कर्णाली प्रदेशका ११० जना र सुदूरपश्चिम प्रदेशका ६५ जना श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदनअनुसार सो अवधिमा वैदेशिक रोजगारीमा धेरै जाने प्रदेशमा पनि मधेश पहिलो नम्बरमा छ । गएको तीन वर्षमा जम्मा वैदेशिक रोजगारीमा गएकामध्ये मधेश प्रदेशबाट मात्रै २८ दशमलव ६८ प्रतिशत रहेका छन् । यस्तै प्रदेश १ बाट २० दशमलव २४ प्रतिशत र लुम्बिनी प्रदेशबाट १६ दशमलव ८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रतिवेदनअनुसार बागमती प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमा १५ दशमलव ४८ प्रतिशत, गण्डकी प्रदेशबाट १२ दशमलव १९ प्रतिशत रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट ३ दशमलव ८५ र सुदूरपश्चिम प्रदेशबाट २ दशमलव ७३ प्रतिशत रहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि