SamwadKhabar logo

समाचार

नेपाल तामाङ संघ समाजवादी केन्द्रीय कमिटिले सोनाम ल्होछार मनाउने

संवाद खबर

पुस १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल तामाङ संघले सोनाम ल्होछार मनाउने भएको छ । सोमबार काठमाडौंमा बसेको नेपाल तामाङ संघ केन्द्रीय कमिटीको बैठकले माघ ५ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को घटक संगठन तामाङ संघले तामाङ समुदायको पहिचानसहितको साँस्कृतिक पर्व सोनाम ल्होछारलाई पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने भएको छ । तामाङ संघका अध्यक्ष लाप्साङ तामाङको अध्यक्षतामा बसेको सो बैठकमा पार्टी नेतृत्वलाई समेत सुझाव दिएको छ । भर्खरै सम्पन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा गर्दै वर्तमान राष्ट्रिय राजनीतिले सिर्जना गरेको घटनाले थप चुनौती दिएको भन्दै त्यसको सामाना गर्नुपर्ने धारणा निकालेको छ । पार्टी सामाजिक न्याय, रुपान्तरण र आर्थिक समृद्धिको पक्षमा उभिएर प्रतिगामी तत्वविरुद्ध आफ्नो मुद्दा बोकेको कारण अलमलमा नपरी अडान प्रस्तुत गर्दै जानुपर्ने सुझाव दिएको छ । बैठकमा बोल्ने वक्ताहरुले २/४ वटा  मन्त्रीको लोभमा पार्टी फस्न नहुने तर्क राखेका थिए । सरकार बाहिर रहेर पार्टी संगठन निर्माण र शुद्धिकरण अभियानमा लाग्नुपर्ने बताएका छन । पार्टीलाई सशक्त र बलियो बनाउन जुनसुकै परिस्थितिमा साथ दिन तयार रहेको नेपाल तामाङ संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष लाप्साङ तामाङले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि