SamwadKhabar logo

               

शिक्षा

विद्यालय तहमा नै विपदका बारेमा अध्यापन गराउन आवश्यकः विपद विज्ञ दाहाल

संवाद खबर

संवाद खबर

विद्यालय तहमा नै विपदका बारेमा अध्यापन गराउन आवश्यकः विपद विज्ञ दाहाल
पुस २७, काठमाडौँ । विपद विज्ञ डा. रञ्जन कुमार दाहालले नेपालमा विपदका जोखिमहरु बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा जलवायु परिवर्तनका कारण दूधकोशी, खुम्बु, लिखु र मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताउनुभयो । उहाँले विपदजन्य घटनाहरुलाई क्रम गर्ने कुरामा सरकारले आवश्यक नीति ल्याएर विपदका घटनाहरु कम गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दैनिक रूपमा बढ्दै गइरहेको बताउनुभयो । विपद जोखिम न्यूनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले उहाँले विपद जोखिम न्यूनिकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताउनुभयो । उहाँले स्थानीय निकायहरुले आफ्नो ठाउँका विपदहरु बुझेर काम गर्ने हो भने आगामी दिनमा विपदजन्य घटनाहरुलाई कम गर्दै जान सकिने बताउनुभयो । विपद विज्ञ दाहालले विपदको बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपदका बारेमा अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताउनुभयो । प्रत्येक पालिकामा भूगर्भविद् इन्जिनियर आवश्यक रहेको उहाँले बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…