SamwadKhabar logo

               

खेलकूद

सन्दिप लामछाने आज रिहा हुँदै, दाई मोहनले गरे धरौटी रकम जम्मा

संवाद खबर

संवाद खबर

सन्दिप लामछाने आज रिहा हुँदै,  दाई मोहनले गरे धरौटी रकम जम्मा
पुस २९, काठमाडौं। नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। पूर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन्। उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन्। दाजु मोहनले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। धरौटी जम्मा भए पछि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार, सुन्धरामा सन्दीपलाई रिहा गर्नका लागि औपचारिक रुपमा पत्र पठाउने छ। अदालतको सो पत्र कारागरले बुझे लगत्तै तारिखका लागि जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई उपस्थित गराइने छ। र, स्वास्थ्य परिक्षण सम्पन गरे पछि उच्च अदालतको आदेश बमोजिम सन्दीप आजै रिहा हुनेछन्। नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो। सो आदेश लगत्तै दाजु मोहन २० लाख धरौटी लिएर जिल्ला अदालत काठमाडौं गएका हुन्।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…