SamwadKhabar logo

समाचार

विकास निर्माणमा सरकार तमासा हेरेर बस्दैन : मन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

विकास निर्माणमा सरकार तमासा हेरेर बस्दैन : मन्त्री श्रेष्ठ
पुस २९, काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ । शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको धारणा औंल्याउनुभयो । उहाँले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्नुहुँदै अब सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सबै निकायहरु जस्तो नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक छ । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको हो । काठमाडौं उपत्यकाका सडकहरु मन्त्रालयअन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय बागमती सभ्यताअन्तर्गतका छन । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने, सडक चुस्तदुरुस्त बनाउने र पैदलयात्री हिँड्ने बाटो ठिक ढङ्गले अघि बढाउने योजनामा काम गर्न खोजिरहेका छौँ ।’’ आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको जानकारी दिनुभयो । ‘‘प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार २ बजे सबै सम्बन्धित निकायका प्रमुख नै बसेर समस्याका समाधानका लागि छलफल गर्ने निर्णय भएको छ । केही समय अझै लाग्छ । राज्यका निकायहरु जनताले तिरेको करबाट हामीले सेवा, सुविधा लिइरहेका छौँ । कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ । प्रभावकारी ढङ्गले कार्यान्वयन गरिन्छ । सकारात्मक गुणात्मक हस्तक्षेप हुन्छन् ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘तमासा हेरेर बस्ने स्थिति छैन । अप्ठ्यारो छ, जनताले दुःख पाएका छन्, विकास निर्माणको अनुभूति गर्न पाएका छैनन् । तर पनि यस्तै हो भन्ने हुँदैन, सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ, सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढङ्गले काम हुन्छ । गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा हामी जान्छौँ ।’’ उहाँले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको खण्डमा सरकारले छुट नदिने बताउनुभयो । मन्त्री श्रेष्ठका अनुसार सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुनेछ । सबैलाई जिम्मेवारीबोध गराएर समन्वयात्मक ढङ्गले काम गरिनेछ । मन्त्री श्रेष्ठले गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने पनि बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्नसम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको र निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिबद्धता भएको पनि बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि