SamwadKhabar logo

               

खेलकूद

गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु

संवाद खबर

संवाद खबर

गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु
माघ ४, काठमाडौँ । ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । ५१ जना प्रशिक्षार्थी रहेको यो तालिम ०२४ यता झन्डै ५५ वर्षसम्म रोकिएको थियो । लामो समयपछि भएको यो तालिम स्काउटका अन्य तालिमभन्दा ठूलो तालिम मानिन्छ । तालिममा, उपत्यका, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका प्रशिक्षार्थीहरू सहभागी छन् । स्काउटको नेतृत्व विकासको लागि एडभान्स तालिम आयोजना गरिएको स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक पपिन्द्रमान सिंहले बताए । उनका अनुसार पिटिसी र बिटिसी तालिम कोर्सको लागि विभिन्न प्रशिक्षकहरू आएका छन् । स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाद्वारा आयोजित उक्त तालिमपछि स्काउटलाई स्कुल स्कुलमा लैजाने उद्देश्य राखिएको आयोजकले जनाएको छ । ‘सेवामूलक र निष्ठाको काम गर्ने संस्था हो, आपद्विपदमा यो संस्थाले गरेका उल्लेखीय काम छन्,’ उनले भने, ‘अब स्काउटलाई बागमती प्रदेशभर सक्रिय बनाउन आवश्यक छ ।’ उनले स्काउटका कार्यक्रम स्थानीयस्तर र स्कुलहरूमा लैजाँदा प्रभावकारी हुने बताए । उदघाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर तथा स्काउट संरक्षक गजेन्द्र महर्जनले स्काउटालाई सीप तालिम र ज्ञान दिन आवश्यक रहेको बताए । उनले नगरपालिकाले लामो समयदेखि स्काउटका गतिविधि गर्दै जाने बताउँदै यसबारे प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्ने पनि बताए । गोदावरी नगरपालिका– २ का वडाध्यक्ष राज घिमिरेले स्काउट समाजसँग हातेमालो गर्ने संस्था भएकोले आपत् विपद्को घडीमा यो संस्थाको प्रभावकारी भूमिका रहँदै आएको बताए । ‘स्काउट सामाजिक र परोपकारी संस्था पनि हो, यसले सबैको भलो गर्छ,’ उनले भने, ‘त्यसकारण यसका गतिविधि र जनशक्ति पनि तालिमप्राप्त हुनुपर्छ ।’ हाल उपत्यकामा ककनी क्षेत्रमा स्काउटले तालिम तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम गर्दै आइरहेको छ । अब बागमती प्रदेशअन्तर्गत ललितपुरको गोदावरी क्षेत्रमा तालिम तथा अन्य प्रशिक्षण आयोजना गरिने बागमती प्रदेश स्काउट कार्यालय हेटौँडाले जनाएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …