SamwadKhabar logo

               

खेलकूद

केपी ओली कप विजेतालाई १० लाख पुरस्कार

संवाद खबर

संवाद खबर

केपी ओली कप विजेतालाई १० लाख पुरस्कार
माघ १४, काठमाडौं । राष्ट्रिय युवा संघको आयोजनामा फागुन दोस्रो साता केपी ओली कप फुटबल च्याम्पियनसिप हुने भएको छ । संघले फागुन ११ देखि १७ सम्म प्रतियोगिताको मिति निर्धारण गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एडिभिजनका ७ र आयोजकसहित ८ टिम सहभागी हुनेछन् । सहभागी टिमको छनोट खुला आवेदनबाट गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदान ललितपुर र फाइनल दशरथ रंगशालामा गर्ने युवा संघको तयारी छ। लिग चरणका खेल एन्फा कप्लेक्सको खेल मैदानमा पनि हुनेछन् । विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीले पचास÷ पचास हजार जित्नेछन्। व्यावसायिक फुटबललाई प्रवर्द्धन गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप आयोजना गर्न लागिएको युवा संघले जानकारी दिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…