SamwadKhabar logo

               

विश्व

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी

संवाद खबर

संवाद खबर

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी
माघ २३, काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको समाचार छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७।८ मापन गरिएको छ। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजियान्तेप नजिकै छ। गाजियान्तेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये आधा मिलियन सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । टर्कीको अखबार हुर्रियतले ५० भन्दा बढि मानिसहरू मारिएको पुष्टी गरेको छ । अखबारले लेखेअनुसार ओस्मान्येका गभर्नरले ५ जनाको मृत्यु भएको बताएका छन् । सान्लुर्फाका गभर्नरले १७ जनाको ज्यान गएको बताएका छन् । मालत्याका गभर्नरले भग्नावशेषबाट २३ जनाको शव निकालेको बताएका छन् । दियारबाकिरका गभर्नरले ६ जनाको मृत्यु पुष्टी गरेका छन् । टर्कीकै अर्को अखबार डेली सबाहले ५३ जनाको मृत्यु भएको लेखेको छ । जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेस (जीएफजेड) लाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यसलाई ७.७ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ। जीएफजी का अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर तल थियो । समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ। गाजियन्तेप नजिकै गएको भूकम्पको धक्का सम्पूर्ण क्षेत्रमा महसुस गरिएको थियो । टर्कीको राज्य प्रसारक टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका थिए । एकजना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…