SamwadKhabar logo

               

विश्व

अमेरिकाद्वारा जासुस बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार

संवाद खबर

संवाद खबर

अमेरिकाद्वारा जासुस बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार
माघ २५, एजेन्सी । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको ‘जासुसी बेलुन’ को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ । शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताउँदै आएको छ । उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ । अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलन गरिरहेको जनाएको छ । यो बेलुन गत हप्ता अमेरिकाको मोन्टानाबाट साउथ क्यारोलिनासम्म उडिरहेको थियो । सोही विषयमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले देशका राष्ट्रपति जो बाइडेनको निर्देशनमा खसालिएको बताउनुभएको थियो । उहाँले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो अमेरिकी उत्तरी कमाण्डको लडाकु विमानले चीनले पठाएको उच्च उचाइमा रहेको निगरानी ‘जासुस बेलुन’ लाई सफलतापूर्वक खसालेको बताउनुभएको थियो । अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी आरोप लगाएको थियो । त्यसपछि यसको निगरानीमा अमेरिकाले फाइटर जेट परिचालन गरेको थियो । यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ । यसअघि यी दुई देशबीच आर्थिक र व्यापारिक मुद्दालाई लिएर शीत युद्ध चल्दै आएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…