SamwadKhabar logo

               

विश्व

टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

संवाद खबर

संवाद खबर

टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार पुग्यो
माघ २६, काठमाडौं । टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब १५हजारभन्दा बढी पुगेको छ । यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको संख्या पुष्टि गर्न कठिन भइरहेको बताइएको छ । यद्यपी करिब ३ हजार मानिसको मृत्यु भएको सिरियाली संचार माध्यमहरुले जनाएका छन् । राहत तथा उद्दारमा खटिएका सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताएका छन् । क्षतिको अवस्थालाई मूल्यांकन गर्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । अत्यधिक चिसोका कारण खोज तथा उद्दार कार्यमा कठिनाइ भइरहेको छ । रातको समयमा समेत खोज र उद्दारको काम जारी छ । कतिपय स्थानमा उद्दार कार्य ढिला भएको पीडितहरुको गुनासो छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा भएको प्रकोपको मापन गर्न समेत कठिन भएको बताउनु भएको छ । सरकार खोज, उद्दार र राहतको काममा प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । तर आलोचकहरूले भने आपतकालीन सेवा अत्यन्त ढिलो भन्दै सरकारको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्री सहित उद्धारकर्मी परिचालन गरेको छ । यसैबीच टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टोली र अत्यावश्यक सामग्री पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले सो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल विपद्‍मा परेका बेला टर्की सरकारले सहयोग गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले टर्की सरकारको दुःखमा राहत पुर्याउन छिटोभन्दा छिटो टोली र सामग्री पठाउनु पर्ने बताउनु भयो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…