SamwadKhabar logo

समाचार

लमजुङ अस्पतालमा निःशुल्क डायलासिस सेवा

संवाद खबर

संवाद खबर

लमजुङ अस्पतालमा निःशुल्क डायलासिस सेवा
माघ २६, लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो । केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा. रमेश आचार्यले बताए । जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आ–आफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरीक कोषमा दर्ता भई आएपछि निःशुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा. आचार्यको भनाई छ । अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए । डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ । अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिन सकिनेछ छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ । निःशुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ । विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि