SamwadKhabar logo

समाचार

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

संवाद खबर

संवाद खबर

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै
माघ २८, काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न छाडेको हो । यो पटक पानी पनि परेन र हिउँ पनि परेन जसको असर पर्यटन क्षेत्रमा परेको हिमाल आरोहि तथा प्रकृति संरक्षण जनचेतना महाअभियान्ता पिके शेर्पाको बुझाई छ । हिमालमा हिउँ नपर्दा हिमाल आरोहणकालागि आउने बिदेशी पर्यटकको संख्या पनि घट्दै गएको छ । हिमालमाथि मानविय अतिक्रमण बढ्दै जाँदा पछिल्लो समय हिमाल ढुंगामा परिणत हुदै र नाङ्गा देखिन थालेका छन् । प्रकृति जोगाउने महा अभियानमुलक सन्देश लिएर हिमाल निरीक्षणमा निस्किीएका अभियान्ता पिके शेर्पाले हिमालको दुःख देखेर ईन्तु न चिन्तु भएको बताउछन् । टलक्कै टल्कीनु पर्ने हिमाल अहिले यस्तो काले पहाड झै देखिन्छ । सगरमाथा क्षेत्र ल्होत्से, पुमोरी सगरमाथा बेश क्याम्प र आवादम्बल हिमाल को सेरोफेरो हो यो । टुप्पोमा मात्र हिमाल छ भने त कालो देखिन्छ । प्रकृति प्रति दोहन गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने मानवीय लहडले हिमाल नरहने उहाँको चेतावनी छ । हिमाललाई केहि बर्ष आराम दिनु पर्न उहाँको सुझाव छ । प्रकृतिको तापमान बढ्नु भनेको नै हिउ नपर्नु हो । पृथ्वीको तापमानलाई ओसीलो बनाउनु पर्ने उहाँको सुझाव छ । रुखले हिउँलाई रोकने र पानीलाई फिल्टर गर्ने काम गरेर बातावरणलाई सुन्तुलीत राख्छ । तर, हिमालमाथि मानविय कृयाकलाप बढ्नु,यातायात बृद्धि,उत्खनन, केमीकल उत्सर्जित ग्याँस,मानवसृजित फोहोर र मानवको पदचाप प्रमुख कारण भएको उहाँको ठम्याई छ । हिउँ नरहनुको कारण अत्याधिक मात्रामा जंगल फडानी हुनु पनि प्रमुख रहेको छ । प्रकृतिप्रति मानवीय असम्बेदनशिलताले हिमाल डाँडामा सिमित रहने उहाँको भनाई छ । त्यसो, त हिउँ नपर्दा अनिकाल लाग्छ भन्ने बुढापाकाहरुको भनाई छ । त्यसैले हिमाल बचाउन आजैबाट आ आफ्नो ठाउँबाट लाग्नु पर्ने देखिन्छ । हिमाल बचाउन सके प्रकृति बचाउन सकीने भन्दै हिमाल जोगाऔ अभियान लिएर सातै महादेशका उच्च हिमाल आरोहण गर्ने अठोट लिएका पिके र सोनम शेर्पा बाबु छोरोको अभियान नेपालको हिमाल निरीक्षणसँगै सुरु भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि