SamwadKhabar logo

               

विश्व

‘भ्यालेन्टाइन डे’ लाई ‘काउ हग डे’को रुपमा मनाउने भारतको निर्णय

संवाद खबर

संवाद खबर

‘भ्यालेन्टाइन डे’ लाई ‘काउ हग डे’को रुपमा मनाउने भारतको निर्णय
फागुन १, नयाँ दिल्ली । शताब्दीयौंदेखि गाईलाई भारतको बहुसंख्यक हिन्दू समुदायले पवित्र मान्दै आएको छ । यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो । भारतमा जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई ‘काउ हग डे’ को रूपमा नामकरण गर्ने योजनामा छन् । यो कदम सफल भएमा भारतीय नागरिकहरूको भावनात्मक समृद्धिलाई बढावा दिनेछ र पश्चिमी संस्कृतिको रूपमा हेरिने भ्यालेन्टाइन डेलाई नराम्रोसँग धक्का दिनेछ । भारतमा फेब्रुअरी १४ लाई ‘काउ हग डे’को रूपमा घोषणा गरिए पछि संसारभरी बहस भईरहेका छन् । गत सोमबार भारतको पशु कल्याण बोर्डले एक विज्ञप्ति जारी गरी १४ फ्रेबुअरी ‘काउ हग डे’को रुपमा मनाउन अपिल गरेको थियो । उसका अनुसार गाई भारतीय संस्कृति र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो, गाईलाई इज्जत र सम्मान गरौं । उसका अनुसार गाईलाई अँगालो हाल्नु भनेको वैदिक वा पवित्र हिन्दू परम्परालाई प्रवर्द्धन गर्ने प्रयासको एक हिस्सा हो । जसलाई गर्दा भारतमा तिब्र गतिमा बढीरहेको पश्चिमी सस्कृतिे प्रभावले क्रमशस् मेटाउदै लानेछ । बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘समयसँगै पश्चिमी संस्कृतिको विकासका कारण वैदिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । पश्चिमी सभ्यताको चक्रमा हाम्रो भौतिक संस्कृति र सम्पदालाई लगभग बिर्सिसकेको छौं।’ अब पुनस् भारतीय संस्कृति र परम्परालाई विश्वसामु चिनाउने प्रयास स्वरुप ‘काउ हग डे’ मनाउन भारतीय जनतालाई अपिल गरिएको छ । तर सरकारको सो घोषणाको एक हप्ता भने केही अनलाइन मिडियाहरुले उपहास गरेपनि अहिले क्रमशस् उपहासका त्यस्ता तस्विर र भिडियो हटउन थालिएको छ । अहिले भारतीय मिडियाहरु फ्रेबुअरी १४ लाई ‘काउ हग डे’ का रुपमा मनाउन प्रोत्साहन गरिरहेका छन् । भारतको प्रमुख अङ्ग्रेजी भाषाको समाचार च्यानल एनडीटीभीका एकजना एङ्करले सरकारको सो निर्णयको उपहास गर्दै गाईहरूलाई अँगालो हाल्ने प्रयास गरेको भिडियो खिचेर हालेका थिए तर धेरैलाई उनलाई उल्टै नकारात्मक टिप्पणी र उपहास गरिदिए । सर्वसाधारणहरुले गरेको नकारात्मक टिप्पणीका कारण एनडिटिभीका ति पत्रकारको सो कार्यलाई ‘हर्कत’ भन्दै आलोचना मात्रै गरेनन्, उनलाई मृत्युदण्ड दिनसमेत माग गरेपछि अहिले भारतीय संचारमाध्यमहरुले ‘काउ हग डे’ लिएर सकारात्मक धारणा दिईरहेका छन् । जसले गर्दा भारतमा ‘काउ हग डे’ सफल हुने विश्वास गर्न थालिएको छ । भारतीय सरकारले गरेको यो निर्णयले भारतमा हलचल मच्चाएको छ । गाईलाई मार्नु वा खानुलाई धेरै हिन्दूहरूले पाप मान्छन्, जुन भारतको ८८ प्रतिशत जनसंख्या हिन्दुहरुको छ, जो अझै पनि गाईलाई पुज्दछन् । साथै, देशका धेरैजसो ठाउँमा गाईको बिक्री र मारकाटमा प्रतिबन्धसमेत लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मा हिन्दू राष्ट्रवादको लहरमा सत्तामा आएपछि हिन्दु समुदायको मनोबल बढीरहेको छ । साथै गाईमाथी राजनीतिकरण पनि उत्तिकै बढ्दै गएको छ । ‘काउ हग डे’को घोषणा पछि अधिकांस हिन्दुहरु विधायकहरुले स्वागत गरेका छन् । यसरी स्वागत गर्नेमा भारतीय जनता पार्टीका सांसदहरु पनि छन् । ‘काउ हग डेका बारेमा पत्रकारहरूसँग कुरा गर्दै बीजेपी सांसद गिरिराज सिंहले भने कि सरकारले धेरै राम्रो निर्णय गरेको छ । ‘अब सबैले गाईलाई अँगालो हाल्नु पर्छ, गाईलाई माया गर्नुपर्छ ।’ गाईका बिषयलाई लिएर भारतमा बेला बेलामा चर्चा परिचर्चा भईरहन्छ । जस्तो, सन २०१७ मा पनि भएको थियो । ‘मैले गाईलाई आमा नमान्नेहरूको हात र खुट्टा भाँच्ने र मार्ने प्रतिज्ञा गरेको छु,’ उत्तर प्रदेश राज्यका विधायक विक्रम सैनीले मार्च २०१७ मा एउटा कार्यक्रममा भनेपछि भारतमा हंगामा समेत भएको थियो । तर, भारत सरकारले अहिले ‘काउ हग डे’ को रुपमा मनाउन आब्हान गरे पछि बिभिन्न खाले टिकाटिप्पणी भईरहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…