SamwadKhabar logo

समाचार

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

संवाद खबर

फागुन १, काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले १४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो । अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा नौजनामा मात्र बाथ मुटुरोग देखिएको थियो । बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रिनिङ परीक्षण सुरु गरिएको थियो । पुस महिनादेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका तीन हजार ८२० र निजी विद्यालयका नौ हजार १८० जना विद्यार्थी सहभागी रहेका थिए । उहाँका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । “अस्पतालमा परीक्षण ९ईको० गर्दा शङ्का लागेका विद्यार्थीलाई पुनःअस्पतालमा परीक्षण गरेका थियौँ । बाथ तथा मुटु रोगका समस्या भएका नौ बिरामी देखिए । १४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो,” उनले भने । अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको अधिकारीको भनाइ छ । “लक्षण नभए पनि जन्मजात मुटुको रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,” उनले भने । चिकित्सकको सल्लाहविना औषधिको सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि