SamwadKhabar logo

               

खेलकूद

नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं

संवाद खबर

संवाद खबर

नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं
सौरभ राना । फागृुन २, नेपालगन्ज । नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ । जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको थियो । तर विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केहि दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो । जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए । दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुुर मैदानमा हुने उनले बताए । सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगलप्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको प्रतियोगिता संयोजक खानले बताए । प्रतियोगितामा सोचेभन्दा धेरै टिमले सहभागिता जनाएका कारण पनि समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए । प्रतियोगिताको महिला उपमेयर कप प्रतियोगितातर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्यान्ड स्कुल फाइनलमा पुगिसकेका छन् । बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।  प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् । प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…