SamwadKhabar logo

               

खेलकूद

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाली महिला टिम

संवाद खबर

संवाद खबर

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाली महिला टिम
फागुन ३, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार चीर प्रतिद्वन्द्वी भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । भारत भ्रमणमा रहेको नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालका नियमित कप्तान रेनुका नगरकोटी सात महिनापछि टिममा फर्किए पनि मुख्य प्रशिक्षक अनन्तराज थापाले कप्तानको जिम्मेवारी एन्जिला तुम्बापो सुब्बालाई नै दिएका छन् । गोलकिपर एन्जिलाको कप्तानीमा नेपालले आज भारतविरुद्ध चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजे खेल्नेछ । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तले यसै मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । प्रशिक्षक थापाले नेपाली टिममा राम्रो संयोजन रहेको बताएका छन् । ‘‘दुई हप्ता अघिदेखि हामी निरन्तर प्रशिक्षणमा छौँ । टिममा राम्रो कम्बिनेसन बनेको छ । भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल हुन्छ जस्तो लाग्छ । दक्षिण एसियामा भारतीय महिला टिम सशक्त राष्ट्र हो । तर, नेपालले साफ च्याम्पियनसिपमा जुन किसिमको प्रदर्शन देखाएर भारतलाई हरायो, त्यो सराहनीय कुरा छ,’’ नेपाल प्रशिक्षक थापाले माघ २९ गते बिदाईको क्रममा भनेका थिए, ‘‘भारतको तयारी सधैँ राम्रो हुन्छ । त्यसले पनि हामीलाई चुनौती त छ, । तर सुखद नतिजाको लक्ष्यमा छौँ ।’’ नेपाल र भारत पछिल्लोपटक काठमाडौंमै आयोजना भएको महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । गत भदौमा दशरथ रंगशालामा सम्पन्न साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । त्यसपछि नेपाल र भारत पहिलोपटक भिड्न लागेका हुन् । ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपालकी कप्तान एन्जिलाले भारतबाट जितेर फर्किने बताएकी छिन् । ‘साफमा हराउन सफल भएकाले हामी सबैको मनोबल उच्च छ । टिममा अनुभवी र युवा खेलाडीको संयोजन राम्रो छ । आफ्नो तर्फबाट सबै खेलाडीले शतप्रतिशत दिनुहुनेछ भन्नेमा म विश्वस्त छु,’’ भारत जानुअघि एन्फाले गरेको विदाई कार्यक्रममा नेपालकी कप्तान एन्जिलाले भनेकी थिइन्, ‘‘भारत भन्नेबित्तिकै हामीले राम्रो खेल्नुपर्छ र जित्नैपर्छ भन्ने भावना भित्री मनबाट नै आउँछ । यो मैत्रीपूर्ण खेल ओलम्पिक छनोटका लागि पनि प्लस प्वाइन्ट हुनेछ । भारतीय टिम शारीरिक र प्राविधिक रूपमा पनि बलियो टिम हो । तर, जितेर फर्कनेछौँ भन्ने विश्वास लिएका छौँ ।’’ नेपाली टोली – गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ रक्षापक्तिः हिराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे मिडफिल्डः विमला चौधरी, सविता रानामगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…