SamwadKhabar logo

समाचार

श्रीमानले विदेशबाट पठाएको २२ लाखसहित श्रीमती अर्कैसंग गरिन् विहे

संवाद खबर

संवाद खबर

श्रीमानले विदेशबाट पठाएको २२ लाखसहित श्रीमती अर्कैसंग गरिन् विहे
फागुन ५, काठमाडौँ । आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो । आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन । विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनले बनेपामा डेरा सारे । बनेपामा डेरा सारे देखी नै सपनाले अर्कै राजाकुमारको सपना देख्न थाले । आफ्नो श्रीमान आफ्नो सन्तान र भविष्यको लागि विदेशी भुमीमा पसिना बगाएको कुरा बिर्सेंर उनले नयाँ राजकुमारसंग प्रेमलीला शुरु गरे । बिदेशमा रहेको श्रीमानलाई फकाइ हाम्रै भविष्यको लागि पैसा जम्मा गरेर राखेका छौ भनेर अनेक गफ दिन्थे । श्रीमती प्रती लोप्साङको कुनै शंका थिएन । छुट्टीको बेला कल गर्दा छोरासंग गफिएर बस्ने लोप्साङले आफ्नी श्रीमती पहिला जस्तो बोल्न नखोज्ने, फोन घण्टौसम्म बिजी भैरहनेले उनमा छट्पट्टी हुन्थ्यो । तर आफ्नो दाईसँग कुरा गरेको भनी सपनाले ढाँटेर बोलिरहन्थिन । को, कहाँको दाई हो भनेर भन्दा निकै झर्केर बोल्ने गर्दथिन । कहिलेकाही १ हप्तासम्म सपनाको फोन अफ हुन्थ्यो । बिदेश गएको करिब ५ वर्षपछि लोप्साङ २०७९ साल साउनमा घर फर्किने तयारीमा थिए । श्रीमती सपनाले आफू नेपाल आउने भएको थाहा पाएपछी एक महिना अघिदेखि नै कल उठाएनन । सगुनको मस्त प्रेमलिलामा व्यस्त भैरहेका बेला उनले वास्ता समेत गरेनन । आफ्नो गल्ती ढाकछोप गर्न अनेक युक्ती निकाले । ४ वर्षे छोराको बिचल्ली पारे । कहिले पोखरा कहिले चितवन मस्त घुमेर रमाए । लोप्साङले आफ्नी श्रीमती किन पहिला भन्दा धेरै परिवर्तन भयो भन्ने प्रश्न उनको मनमा बारम्बार आइरहन्थ्यो । बिदेश जाँदा विमानस्थलसम्म आएकी श्रीमतीले मलाई धोका दिन सक्दैन भन्ने लागिरन्हन्थ्यो । कम्पनिमा बल्ल तल्ल छुट्टी लिएर उनी २०७९ साउनमा नेपाल आए । सपनाको फोन नउठेपनी उनले म्यासेन्जर र मोबाइलमा म नेपाल आइपुग्दैछु भनेर म्यासेज गरे । कुनै रिप्लाई आएन । बिमानस्थलमा उनलाई लिन आउँला भन्ने आशा थियो । सबै निराशमा परिवर्तन हुँदै गयो ।   बिदेशबाट आएको पहिलो दिन लोप्साङ आमाबुवासँगै बसे । दुस्ख सुखका कुरा गरे । आफ्नी श्रीमती नहुँदा उनलाई सार्है नरमाइलो लागिरहेको थियो । बनेपा तिर डेरा लिएर बसेको भन्ने सम्म थाहा पाएका उनीहरुले बनेपामा आफ्ना आफन्तहरुलाई पनि सोधे । बल्ल तल्ल उनको डेरा पत्ता लाएर डेराको ढोका ढकडक्याए । आफ्नो सासु ससुरा र श्रीमान देख्ने बितिक्कै सपना आतीइन । मेरा डेरामा किन आएको भनेर अनेक अनेक भन्न थालिन् । छोरा बुहारी मिलेर बस्नु भनेर लोप्साङको आमा बुवा भक्तपुर फर्किए । करिब ४५ दिन नेपाल बस्दा लोप्साङले श्रीमतिको मोबाइल छुन पनि पाएनन । बिदेशबाट पठाएको पैसाले जग्गा लिनुपर्छ भन्ने सोचले नेपाल आएका लोप्साङलाई श्रीमती सपनाले हिसाब किताब कुनै देखाएनन बरु आफ्नो आफन्त कहाँ बस्न थाले । छोरासँगै लोप्साङ दिनभर बस्थे । लोप्साङलाई निकै दुखी थिए । आफ्नो आँखा अगाडी नै परपुरुषसँग मेरो दाई हो भनेर मस्त गफ गरिरह्दा उनलाई निकै चित्त दुख्थ्यो । लोप्साङले सहनसम्म सहे । छोराको बिचल्ली पारेर राखेको, डेरामा नै संगै परपुरुष राखेको कुरा वरीपरिका डेरा बस्नेहरुले लोप्साङलाई सुनाएका थिए । मलाई नराम्रो बनाउन यस्तो गरेको हो भन्दै अनेक बहानाबाजी गरे । सपनाले रुवाउनु रुवाए । दुस्ख दिनसम्म दिए । आफ्नो छोरा र श्रीमतिलाई आफ्नो आमा बुवासँग राख्छु भनेर लोप्साङले डेराको सामान गाडीमा लोड गरे । भक्तपुरमा अब आमा बुवासँगै बस्नुपर्छ भन्दा मानेनन । निकै लामो विवाद भयो । छोराको मायाले आउलिन भन्ने भयो । सपना आइनन । लोप्साङ मर्नु न बाँच्नुको दोसांधमा परे । रुदै रुदै उनी फेरी मलेसिया गए । उनलाई निकै नरमाइलो लाग्यो । मरितुल्य बनाएका उनले केही सोच्न पनि सकेनन । लोप्साङले आफ्नो दाई भनेर सपनाले भन्ने केटालाई खोज्नसम्म खोजे भेटेनन । सपनाले आफु बिदेश आएको केही दिनमा नै विवाह गरेको भन्ने खबर सुने । उनले आत्माहत्याको प्रयास समेत गरे । हाम्रो गाउंमा तपाईंको गाउं८को मान्छे विहे गरेर आइुगेको छ भनेर लोप्साङलाई आफन्तले फोटो पठाएका थिए । अविवाहित हुँ भन्दै विवाह गरेका सपनाले श्रीमानले दिएको १ तोला गहनासँगै २२ लाख बराबर पैसा पनि बोकेर गएकी छन । लोप्साङले आफुले मेहनत गरेर कमाएको पैसा फिर्ता हुनुपर्ने माग गरेका छन । लोप्साङका बुवाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा संपर्कबिहिन भएकी बुहारी झिकाइ छालफल गरी पाउ भनी निवेदन हालेका छन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि