SamwadKhabar logo

समाचार

परपुरुषसँग सम्बन्ध भएको आशंकामा श्रीमतीको हत्या

संवाद खबर

संवाद खबर

परपुरुषसँग सम्बन्ध भएको आशंकामा श्रीमतीको हत्या
फागुन १०, विराटनगर । पारिवारिक खटपट र सम्बन्धमाथिको आशंकाका कारण मोरङको बुढीगंगामा महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परपुरुषसँगको सम्बन्ध रहेको शंकाकै भरमा श्रीमान्बाट हत्या गरिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१९, मिलनचोक बस्ने २८ वर्षीया प्रियंका सुनारको शव तीन दिनअघि बुढीगंगा गाउँपालिकाकास्थित एक घरमा फेला परेको थियो । प्रियंकाका श्रीमान् २९ वर्षीय रमेश साहले दुई हप्ताअघि हत्याका मुख्य सहयोगीसँग मिलेर शव व्यवस्थापनबारे सरसल्लाह गरेको समेत खुल्न आएको छ । हत्यामा मुख्य सहयोगी मानिएका कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ एड्भान्स दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालका अनुसार हत्यापछि शव सुनसरीको चारकोसे झाडीमा लगेर व्यवस्थापन गर्ने योजना बनेको थियो । परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्ने आशंकाको भरमा हत्या गरेको र थप दुईजना सहयोगीको साथ लिएको खुलेको डीएसपी दाहालले बताए । शव व्यवस्थापनमा रमानन्दले मारुती भ्यान धनी कटहरी–५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरीको साथ लिएका थिए । मारुती धनी उमेशलाई दुई हजार रुपैयाँ इन्धन हाल्न दिइएको बताइएको छ । चतराको जंगलमा सम्भव नभए शव सप्तकोशी नदीमा फाल्ने योजना बनाएका थिए तर बोरामा हालेको शव मारुती भ्यानमा हाल्न उमेशले इन्कार गरेको खुल्न आएको छ । त्यसपछि एम्बुलेन्स खोज्न रमानन्द आइतबार राति कोशी अस्पतालमा पुग्दा घटनाबारे प्रहरीले सूचना पाएका थिए । धामीकहाँ झारफुक गर्न भन्दै रमेशले श्रीमती प्रियंकालाई मोटसाइकलमा राखेर आइतबार दिउँसो बुढीगंगा गाउँपालिका–२, अमाहीस्थित नरसिंह चौधरीको घर पुर्‍याएका थिए । त्यहीँ हत्या गरी शव बोरामा हालेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि