SamwadKhabar logo

               

खेलकूद

धर्मपशुपति स्मृति खुला ब्याडमिन्टनको उपाधि आर्मी क्लवलाई

संवाद खबर

संवाद खबर

धर्मपशुपति स्मृति खुला ब्याडमिन्टनको उपाधि आर्मी क्लवलाई
फागुन १४, महेन्द्रनगर । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो । प्रतियोगितामा लाफा समूहको न्यौपाने र भौदारको टिम उपविजेता बन्दै ७१ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ । खुलातर्फ पोखराका विशाल बस्नेत र प्रविन सिंह एवं काठमाडौँका दीपक राना र राम मल्ल ठकुरीको जोडीले तृतीय स्थान हासिल गरेको छ । उक्त तृतीय स्थान हासिल गर्ने टोली ५१ हजार नगदरसहित पुरस्कृत भएको आयोजक प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष राजेन्द्र बमले जानकारी दिए । त्यसैगरी ४५ वर्ष उमेर समूहमाथिको भेट्रान ब्याडमिन्टन प्रतियोगितामा नेपालगञ्जका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडीले जितेको छ । प्रतियोगिताको फाइनलमा बर्दघाटका बेल छन्त्याल र कर्ण विकको टिमलाई पारजित गर्दै श्रेष्ठको जोडी उपाधि विजेता बनेको हो । उक्त संस्करणको विजेता श्रेष्ठको टिमले ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र र उपविजेता छन्त्यालको टिमले ३१ हजार नगद प्राप्त गरेको छ भने भेट्रानतर्फ धनगढीका शैलेन्द्र श्रेष्ठ÷वीरेन्द्र विष्ट र केशव भट्ट र भोजराज भट्टले तृतीय स्थान हासिल गर्दै रु २१ हजार नगदसहित पुरस्कृत भएका छन् । त्यसैगरी प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी’ लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका गणेश मिश्रा र सिछराज ओझाको जोडीले जित्दै रु ३१ हजार नगदसहित पुरस्कृत भएको छ । सो प्रतियोगितामा ‘बी लेवल’तर्फ कपिल बम र कमाण्डौ कठरियाको जोडी उपविजेता बन्नुका साथै केशव भट्ट÷भोजराज भट्ट र नरेन्द्र चन्द र गणेश कठायतले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ । उपविजेता टिमले २१ हजार र तृतीय स्थान हासिल गर्ने टिमले ११ हजार नगद, ट्रफीसहित पुरस्कृत भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल एक सय टिमको सहभागिता रहेको प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष बमले जानकारी दिए । धनगढीका प्रतिष्ठत व्यवसायी एवं ब्याडमिन्टनका अग्रज खेलाडी चेतराज जोशीले आफ्ना स्व बुवा धर्म र आमा पशुपतिको स्मृतिमा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…