SamwadKhabar logo

               

खेलकूद

सुकुम्बासी बस्तीमा ४ स्वर्ण भित्र्याएकी रिक्जना

संवाद खबर

संवाद खबर

सुकुम्बासी बस्तीमा ४ स्वर्ण भित्र्याएकी रिक्जना
फागुन १९, गलेश्वर । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो। बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो। बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे। मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन्। सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन्। उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ। मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ। बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दै आएकी छन्। बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन्। रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मङ्गला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए। रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उनले बताए। ‘रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन्,’ खेल शिक्षक छन्त्यालले भने। रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन्। उक्त प्रतियोगितामा व्यक्तिगतरुपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उनी कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट भएकी छन्। रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन्। रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन्। उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन्। उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो। ‘अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु,’ रिक्जना भन्छिन्। एथ्लेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ। बिहान खाए, बेलुकी के खाउँको अवस्था छ। बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन्। तर रिक्जनाले बाआमालाई थोरै भए पनि खुसी दिलाएकी छन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन्। ‘स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ,’ केसीले भने। रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन्। रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उनले बताए।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …