SamwadKhabar logo

               

विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग

संवाद खबर

संवाद खबर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग
चैत १७, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ । न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिमाथि फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई अवैध रकम दिएको विषयमा ट्रम्पमाथि मुद्दा चलाइने भएको हो । तर ट्रम्पमाथि के कस्ता आरोप लगाइएको छ र उहाँ विरुद्ध कस्तो सजाय माग गरिएको छ भन्ने खुलाइएको छैन । हाल फ्लोरिडामा बस्दै आउनुभएका ट्रम्प पक्राउ पर्न सक्ने वा उहाँ आफैं बयानका लागि अदालतमा उपस्थित हुन सक्ने अनुमान गरिएको छ । सन् २०२४ को निर्वाचनमा फेरी उम्मेदवार बन्ने दौडमा रहनुभएका ७६ वर्षीय ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले भने आरोप अस्वीकार गर्दै आएको छ । रिपब्लिकन पार्टीले हंगेरियन मूलका अर्बपति जर्ज सोरसले सञ्चालन गर्ने ओपन सोसाइटी नामक गैरसरकारी संस्थाको प्रभावमा परेर ट्रम्प विरुद्ध अभियोग लगाएको आरोप समेत लगाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…