SamwadKhabar logo

               

विश्व

पाकिस्तानमा खाद्य संकट, खाना लुट्ने क्रममा २० जनाको ज्यान गयो

संवाद खबर

संवाद खबर

पाकिस्तानमा खाद्य संकट, खाना लुट्ने क्रममा २० जनाको ज्यान गयो
चैत २०, एजेन्सी । पाकिस्तानमा महँगीले सर्वसाधारणको जीवन कष्टकर बनेको छ । सरकार र विभिन्न संस्थाले दिएको खानेकुरा लिन र लुट्न जताततै मानिसको भीड देखिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खाद्यान्न लुटपाटका कारण भएको घटनामा पछिल्लो १० दिनमा २० जनाको ज्यान गएको छ । मार्चमा पाकिस्तानमा मुद्रास्फीति दर ३५.३७ प्रतिशत रहेको छ । पाकिस्तान सरकारले आईएमएफबाट बेलआउट प्याकेज पाउन नसकेपछि यस्तो अवस्था आएको बताइएको छ । शनिबार सार्वजनिक भएको सरकारी तथ्याङ्क अनुसार महिनाको आधारमा मुद्रास्फीति दर ३ दशमलव ७२ प्रतिशत रहेकोमा गत वर्षको औसत मुद्रास्फीति २७ दशमलव २६ प्रतिशत रहेको थियो । पाकिस्तानको आर्थिक उथलपुथलको मार पाकिस्तानका जनताले भोगिरहेका छन् । पाकिस्तानको दक्षिणी सहर कराँचीमा शुक्रबार रमजानको समयमा खाद्यान्न वितरण गर्ने कारखानामा भीडका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको यो आर्थिक संकटका कारण जनजीवन कष्टकर बनेको छ । उच्च मुद्रास्फीति, घट्दो विदेशी मुद्रा सञ्चिति र फराकिलो चालु खाता घाटाले पाकिस्तानले बढ्दो आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ।आयातमा प्रतिबन्ध लगाएर व्यापार घाटा कम गर्ने प्रयासका कारण पाकिस्तानमा बेरोजगारी संकट तीव्र गतिमा बढिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…