SamwadKhabar logo

               

राजनीति

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी

संवाद खबर

संवाद खबर

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी
चैत २६, काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २ हजार ६७९ मत खसेकामा विष्टले ८४१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए । यस्तै, ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो भएका छन् । सभापति पदमा ६ जना प्रतिस्पर्धी थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए । स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित

५ मंसिर, काठमाडौं । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विर…

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज स…

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…