SamwadKhabar logo

समाचार

विदेश पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने २ जना पक्राउ

संवाद खबर

वैशख ५, काठमाडौं । दक्षिण कोरिया पोर्चुगललगायतका देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपामा प्रहरीले २ जना पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन पारेर ६६ लाख बढी ठगी गरेको आरोपमा उपत्यका कालीकोट घर भई हाल गोंगबु बस्ने सुधनकुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरी परेको थियो । उजुरीका आधारमा उनीहरूलाई गोंगबुबाटै पक्राउ गरिएको हो। इटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले रकम लिएर फरार भएका थिए। महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेसनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि