SamwadKhabar logo

समाचार

काभ्रेका जंगलमा डढेलो, सचेत रहन आग्रह

संवाद खबर

संवाद खबर

काभ्रेका जंगलमा डढेलो, सचेत रहन आग्रह
वैशाख ७, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तीन जंगलमा गए रातिदेखि डढेलो लागेको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा डढेलो लागेको गाउँपालिकाले जनाएको छ । डढेलोबाट भौतिक एवं मानवीय क्षति नभए पनि जंगलका रुखबिरुवा नष्ट भइरहेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जंगलमा पनि डढेलो लागेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । “आगलागीको कारण खोज्दै छौँ । जंगलको आगो बस्तीतर्फ आउन सक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ,” थिङले भने । गएको सोता तेमाल गाउँपालिकाको ८ र ९ नम्बर वडास्थित मेच्छे जंगलमा लागेको डढेलो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा लिइएको थियो । उक्त डढेलोबाट निजी वनमा रोपिएका करिब दुई हजार कटहरका बिरुवा समेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए । गएको चैतमा पनि गाउँपालिकाका केही जंगलमा डढेलो लागेको थियो । त्यसपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामग्रीको अत्यावश्यकबाहेक अरू कामकाजमा प्रयोग नगर्न, डढेलो हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो । त्यस बेला डढेलोबाट सबैभन्दा बढी वडा नम्बर–५ स्थित जंगलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा डढेलो नियन्त्रणमा लिइएको थियो । रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि