SamwadKhabar logo

समाचार

लोक संस्कृति जर्गेना अभियानमा कर्णालीका कलाकार

संवाद खबर

संवाद खबर

लोक संस्कृति जर्गेना अभियानमा कर्णालीका कलाकार
वैशाख ११, काठमाडौं । कर्णालीका एक हुल कलाकार यतिखेर काठमाडौंमा छन् । उनीहरुले काठमाडौंका विभिन्न स्थानमा कर्णालीका लोक संस्कृति प्रदर्शन गर्दै आएका छन् । कर्णालीको लोक संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं आएका ती कलाकारले बैशाख १ गते काठमाडौंको भृकुटीमण्डपमा प्रर्दशन गरेका थिए । कर्णालीको लोक संस्कृति जोगाउन अभियानका जुटेका कलाकारमध्ये आशिष नेपालीले भने, ‘यो हाम्रो अभियान बैशाख १५ गतेसम्म चल्ने छ ।’ उनले कर्णालीको लोक संस्कृित प्रर्दशनका क्रममा रिङरोड परिक्रमा गर्ने योजना रहेको समेत सुनाए । लोक संस्कृति तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालको आयोजना रहेको ‘कर्णालीको लोक संस्कृति संरक्षण तथा जर्गेना’ अभियानकोृ टोलीका ८० जना रहेका छन् । तीमध्ये १९ जना कलाकार रहेको छन् । उनले भने, ‘मञ्चको पदाधिकारी, सदस्य र कलाकारसहित हामी ८० जनाको टोली छौँ । हाम्रो मुख्य उद्देश्य भनेको कर्णालीको लोप हुन लागेको लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने हो । त्यसैले हामीले खुला कार्यक्र गर्दै आएका छौँ ।’ कर्णाली लोक संस्कृतिका लागि धनी मानिन्छ । देउडा, थाडी नाच, हुड्के नाच, दमाहा नाच, धामी नाच इत्यादी कर्णालीको मुख्य लोक संस्कृति हो । तर, यी लोक संस्कृति विस्तारै लोप हुँदै गएकाले संरक्षण र प्रवद्र्धनमा जुटेको मञ्चले जनाएको छ । कलाकार नेपालीले भने, ‘कर्णाली लोक संस्कृति धनी मानिन्छ, तर पछिल्लो समय युवापुस्ताले लोक संस्कृति विर्सदै गएका छन् । त्यसैले पनि कर्णालीको संस्कृति जोगाउने अभियानमा जुटेका हौँ ।’ उनले कर्णालीको मात्र नभएर लोक संस्कृति नेपालकै सम्पति र सभ्यता भएको बताउँदै भने, ‘आफ्नो संस्कृति जोगाउन सकेनौँ भने हाम्रो पहिचान पनि हराउने छ । त्यसैले नेपाली लोक संस्कृतिको जर्गेना र संरक्षण आवश्यक छ ।’ लोक संस्कृति संरक्षण अभियानमा आफूहरु लागे पनि आफूहरुसँग बाजागाजाको अभाव रहेको बताउँदै भने, ‘अहिले हामीले भाडामा काम चलाउँदै आएका छौँ । तर, कति भाडामा काम चलाउने, त्यसैले चन्दा उठाएर पञ्चेबाजा किन्ने अभियान पनि मञ्चले चलाएको छ ।’ कर्णालीको लोक संस्कृतिलाई संघीय राजधानी काठमाडौंमा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रममा हायरमा पनि जाने उनले बताए । ‘अहिले हामीले खुलारुपमा कार्यक्रम गर्दै आएका छौँ’ उनले भने, ‘कसैले विवाह, सेमिनारहरुमा बोलाएको खण्डमा हामी भाडामा पनि जान्छौँ ।’ लोक संस्कृति तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालका अध्यक्ष हुन्, मानबहादुर खस परियार । अध्यक्ष परियारका अनुसार लोक संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले नै मञ्च स्थापना भएको हो । जारी अभियानमा संलग्न कलाकारले कर्णालीको लोक संस्कृति जस्तै, देउडा गाउने, दमाहा नाच्ने, बजाउने र कर्णालीको झाक्री देखाउँदै आएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि