SamwadKhabar logo

               

अर्थ व्यवसाय

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम दिइँदै

संवाद खबर

संवाद खबर

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम दिइँदै
वैशाख २६, गोरखा । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी संघ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिए । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो,” उनले भने, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।” तालिमका क्रममा निर्माण गरिने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उनको भनाइ छ । “गोरखा भन्नेबित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो,” नगरप्रमुख रानामगरले भने, “त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।” यस्ता खालका सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिँदै आएको उनले बताए । सहभागीलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउन समेत सिकाइने तालिमका प्रशिक्षक योगेन्द्र गुरुङले बताए । गुरुङ र शारदा खत्रीले सहभागीलाई तालिम प्रदान गरिरहेका छन् । सोमबारदेखि सुरु भएको तालिम आउँदो जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिमको एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले शुभारम्भ गरेकी हुन् । रासस

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…