SamwadKhabar logo

               

अर्थ व्यवसाय

“ नेपालको अर्थतन्त्रः चुनौती र समाधान” विषयक अर्थ संङ्गोष्ठी आयोजना

संवाद खबर

संवाद खबर

“ नेपालको अर्थतन्त्रः  चुनौती र समाधान” विषयक अर्थ संङ्गोष्ठी आयोजना
वैशाख २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा चिन्तन गर्दै अर्थ संङ्गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । परिषद्ले बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको भौतिकशास्त्र विभागमा ‘नेपालको अर्थतन्त्रः चुनौती र समाधान ’ विषयक एक दिवसीय अर्थ सङ्गोष्ठी कार्यक्रमको आयोजना गरेको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, योजना आयोगका सदस्य, पूर्व गभर्नर र राष्ट्र बैंकका सदस्यहरूलाई सहभागी गराएर नेपालको वर्तमान आर्थिक अवस्था, देखिका समस्या र चुनौती र समाधानको बाटोहरू के कस्तो छन् भनी कार्यपत्र प्रस्तुत गरेर एक दिवसीय अर्थ संङ्गोष्ठी कार्यक्रमको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ । प्रमुख अतिथिको रुपमा रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूषालले एक दिवसीय अर्थ संङ्गोष्ठीको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंक अनुसन्धान शाखाका निर्देशक डा. रमेश श्रेष्ठ र योजना आयोगका सदस्य प्रा. डा.रमेश पौडल लगायतले बजेट निर्माणको पूर्व सन्ध्या र अर्थतन्त्रको कमजोरी अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको अर्थ सङ्गोष्ठी अत्यन्तै समय सान्दर्भिक र महत्त्वपूर्ण भएको धारणा राखे । दुईवटा सत्रमा सञ्चालन भएको सो संङ्गोष्ठीमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपालको अर्थतन्त्रः चुनौती र समाधन भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् राष्ट्रपतीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल र योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. पृथ्वीराज लिगलले तथ्यपरक भएको र यसले देशको वर्तमानमा अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने कुरालाई प्रष्ट देखाएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूषाल, योजना आयोगका सदस्य डा. रमेश पौडेल, नेपाल राष्ट्र वैंकका अनुसन्धान विभागका निर्देशक डा. प्रकाश श्रेष्ठ,विद्यार्थी परिषद्का राष्ट्रिय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक अच्युत पन्त, परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, कार्यपत्र प्रस्तुत कर्ताको रूपमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारी, टिप्पणी कर्ताको रूपमा प्रा.डा. पृथ्विराज लिगल, प्रा. डा. योगेश रन्जित, प्रा.डा. रामजी गौतम, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सहसंगठन सचिव रमेश कण्डेल, विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, राष्ट्रिय मिडिया कार्य प्रमुख लगायत विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरू, कार्यकर्ताहरू र त्रिविका विभिन्न विभागमा अध्यापनरत प्राध्यापकहरू, विभिन्न विभागका विद्यार्थीहरू र काठमाडौं उपत्यकाका विभिन्न कलेजका विद्यार्थीहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …