SamwadKhabar logo

               

अर्थ व्यवसाय

मन्त्रिपरिषद्को निर्णयपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकियो

संवाद खबर

संवाद खबर

मन्त्रिपरिषद्को निर्णयपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकियो
वैशाख २९, काठमाडौं । मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ । धितोपत्र बोर्ड स्रोतले बिहीबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इमेलमार्फत प्रक्रिया रोक्ने जानकारी गराएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डले अगाडि बढाएको नयाँ स्टक एक्सचेञ्ज दिने प्रक्रिया रोकिएको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए । उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका टिप्पणी भइरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री डा. प्रकाशशरण महत लाइसेन्स दिने पक्षमा थिएनन् । धितोपत्र बोर्डका कर्मचारीले अर्थमन्त्रीलाई लाइसेन्स दिने नीति ठिक भए पनि अध्यक्ष हमालले एउटा व्यापारिक समूहलाई लाइसेन्स दिन काम गरेको जानकारी गराएका थिए । धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …