SamwadKhabar logo

समाचार

मेवाका फाइदा

संवाद खबर

संवाद खबर

मेवाका फाइदा
मेवा तराई, भित्री मधेस र केही पहाडी क्षेत्रमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ। यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ। साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन्। काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ। पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ। झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ। कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ। मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ। मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ। रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ। काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २ ÷ ३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ। शरीरमा रगतको मात्रा वृद्धि गर्छ। यसले आँखालाई समेत फाईदा पुर्‍याउँछ। र, रतन्धो हुनबाट जोगाउँछ। मेवामा पाईने विशेष तत्वले घाउमा भएका मृत कोषिकाहरूलाई हटाउँछ र घाउलाई निको पार्छ। यसका लागि केही दिनको समय भने लाग्छ। घाउलाई पहिले सफा गरेर मृत कोषहरू हटाउनुपर्छ। घाउमा पीप छ भने बिरामीलाई दिनको २र३ घण्टामा दाँया बाँया कोल्टो पारेर सुताउनुपर्छ। त्यसपछि कीटाणुरहित सफा पातलो कपडाई काँचो मेवाबाट निस्कने सेतो दुधजस्तो पदार्थमा भिजाएर घाउमा राख्नुपर्छ। यो क्रिया दिनदिनै गर्नुपर्छ। घाउ गहिरो छ भने दिनको १ ÷२ चोटी दोहोर्‍याउनुपर्छ। साथै बिरामीलाई कोल्टे फर्काउनुपर्छ। पाकेको मेवाको गुदीलाई मिचेर अनुहारमा केहीबेर दल्ने र एक छिन राखेर धुने गरेमा अनुहारमा चमक ल्याउछ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि