SamwadKhabar logo

               

राजनीति

नेता खनाल भन्छन्– ‘भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेर्‍यो’

संवाद खबर

संवाद खबर

नेता खनाल भन्छन्– ‘भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेर्‍यो’
जेठ १, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरेका छन् । अनेरास्ववियूको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले देश चौतर्फी संकटबाट गुज्रिरहेको बताएका छन् । “युवा तथा विद्यार्थीहरू ! तपाईंहरूलाई थाहा छ, हाम्रो देश यति बेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ,” पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्, “बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।” बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले श्रमजीवी युवा खाडी मुलुक, मलेसिया र युवा विद्यार्थी अस्ट्रेलियातिर जान बाध्य भइरहेको पनि उनले उल्लेख गरेका छन् । स्तो अवस्थामा वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरुरी रहेको उनले औँल्याएका छन् । समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्न जरुरी रहेकामा उनले जोड दिएका छन् । देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निसाना के हो भन्ने कुरामै अन्योलग्रस्त र दिशाहीन देखिएको उनको भनाइ छ । अहिलेको सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समधान समाजवाद भएको उनको निष्कर्ष छ । दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निसाना केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…