SamwadKhabar logo

               

संघीय खबर

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

संवाद खबर

संवाद खबर

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं ।  नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै एमालेका सांसदहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताउनुहुँदै उपसभामुख रानाको राजीनमा माग गर्नुभएको हो । 

एमालेका सांसद सूर्यप्रसाद ढकालले भन्नुभयो, “सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीसँग सम्बन्धित कुरा उठेको छ । उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति म जोडदार माग गर्दछु । ”

एमालेका सांसद शोभा ज्ञवाली, सरस्वती सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरे ।

बैठकमा उपसभामुखको राजीनामाको विषय भने प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले भने  प्रतिवाद गरेका छन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम भएको बताउनुहुँदै भन्नुभयो, “केही अनलाइन समाचारले लेखेका थिए तर यो हलमा पसेपछि उपसभामुख हटाउने अभियान चलेको थाहा पाएँ । लोकतन्त्र भनेको समझदारी हो, विश्वास हो, सहकार्यको संस्कृति हो । विपक्षी दलमा पनि कैयौँ पक्षमा सरकारमा रहेकाहरूले सहमति र सहकार्य गरेर अगाडि बढ्ने कुराहरू नै लोकतन्त्रको पक्ष हो । एकजना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, सामाजिक क्षेत्रमा काम गर्नुभएको उपसभामुखलाई बलियो भनिएको दुई तिहाइको सरकारले हटाउने भनेको कदममा पुग्ने कुरा निकै दुखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यसले लोकतन्त्रको सुदृढ र सहकार्य अगाडि बढ्दैन ।”

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल, हितराज तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम र सुमना श्रेष्ठले उपसभामुखलाई हटाउने षड्यन्त्रमा नलाग्न आग्रह गर्नुभयो ।
 

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

प्रतिनिधि सभामा प्रतिपक्षको विरोध, बैठक १५ मिनेट स्थगित(तस्बिरहरू)

प्रतिनिधि सभामा प्रतिपक्षको विरोध, बैठक १५ मिनेट स्थगित(तस्बिरहरू)

१७ चैत्र, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिप…

बगरमा तारबारले थुनेर राखिएका गाईगोरुको उद्धार गर्न सांसद गौतमको माग

बगरमा तारबारले थुनेर राखिएका गाईगोरुको उद्धार गर्न सांसद गौतमको माग

७ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले दाङको लमही…

राप्रपाका सांसद शमशेर जबराको चेतावनी नेपाललाई धर्मसापेक्ष हिन्दूराष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने

राप्रपाका सांसद शमशेर जबराको चेतावनी नेपाललाई धर्मसापेक्ष हिन्दूराष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवल शम…

अध्यादेश निर्णयार्थ आजको संसद बैठकमा पेस नहुने

अध्यादेश निर्णयार्थ आजको संसद बैठकमा पेस नहुने

२४ माघ, काठमाडौं । संघीय संसद्मा सरकारले गृहकार्य नपुगेको भन्दै अध्यादेश स्वीकृत गर्न…