SamwadKhabar logo

               

राजनीति

सुन्दरीजलको ढाँट र गोकर्ण वनको पर्खाल सार्न प्रदेश सभामा ध्यानाकर्षण

संवाद खबर

संवाद खबर

सुन्दरीजलको ढाँट र गोकर्ण वनको पर्खाल सार्न प्रदेश सभामा ध्यानाकर्षण
जेठ ११, काठमाडौं । वागमति प्रदेशसभा सदस्य विमल ठकुरीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (२) को विकासका लागि प्रदेश सभाको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै ठकुरीले विकासमा पछाडि परेको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विकास योजना, नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सांसद ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट रहेको कारणले त्यस क्षेत्रमा रहेका गाउँबस्तिका स्थानीय जनतालाई आवतजावतमा समस्या भएकोमा ध्यानाकर्षण गर्दै स्थानीय जनतालाई आवतजावतको लागि निःशुल्क र सहज व्यवस्था गर्न माग गरे । यसैगरी, सांसद ठकुरीले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रमा पर्खाल सारेर सडक चौंडा गर्न नसकिंदा गुह्येश्वरी–गोकर्ण–सुन्दरीजल जोड्ने बागमति करिडोर सडक बन्न नसकेकोप्रति समेत प्रदेशसभामा आवाज उठाएका छन् । गुह्येश्वरीदेखि सुन्दरीजलसम्म १० कि. मि. मध्ये ५ कि।मि। सडक बनि सक्दा पनि नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौंडा बनाउन नसकिंदा गोकर्ण–उत्तरगया–सुन्दरीजल जोड्ने बाँकी ५ कि.मि. करिडोर सडक निर्माण हुन बाँकी रहेको प्रति उनले ध्यानाकर्षण गराए । सांसद ठकुरीले सो करिडोर सडक खण्ड निर्माणका लागि प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरे । उनले प्रदेश सभा क्षेत्रका वडामा एक करोड रुपैयाँभन्दा कम लागतमा विकास निर्माणका काम हुनसक्ने अवस्था नरहेका भन्दै त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए । उनले क्षेत्रका वडामा सार्थक विकास गर्नका लागि प्रत्येक वडामा एक करोड रुपैयाँका दरले बजेट दिनुपर्ने बताए । सांसद ठकुरीले युवा रोजगारी र उद्यमशीलता बढाउन आवश्यक रहेकोमा जोड दिदैं सरकारका आगामी कार्यक्रमले युवा सशक्तिकरणका कार्यक्रमलाई समेट्नु पर्ने बताए । https://youtu.be/rbdhFRCiuqY

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…