SamwadKhabar logo

               

शिक्षा

अपाङ्ग पुर्नस्थापना केन्द्रलाई गोकर्णेश्वर नगरपालिकाद्वारा सामग्री हस्तान्तरण

संवाद खबर

संवाद खबर

अपाङ्ग पुर्नस्थापना केन्द्रलाई गोकर्णेश्वर नगरपालिकाद्वारा सामग्री हस्तान्तरण
जेठ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई खाद्य, शैक्षिक सामग्री तथा सहायक सामग्री हस्तान्तरण गरेको छ । आज गोकर्णेश्वर ४ भगवतीथानमा रहेको केन्द्रमा नगर प्रमुख दीपक रिसाल र उप प्रमुख सान्नानि लामाले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई एक विशेष कार्यक्रम आयोजना गरी खाद्य सामग्री शैक्षिक सामग्री,आवास व्यवस्थापन सामाग्री, कम्प्युटर र स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हो । सामग्री वितरण गर्दै नगर प्रमुख रिसालले अपाङ्ग पुर्नस्थापना केन्द्रले पुर्नस्थापनाको क्षेत्रमा राम्रो कार्य गरिरहेकोले संस्थालाई नगरपालिकाको सधैं साथ र सहयोग रहने बताए । यसै गरि उप प्रमुख सान्नानी लामाले सुरूवातदेखि नै यो संस्थालाई आफ्नो साथ र सहयोग रहिआएकोमा जोड दिंदै संस्थाको विकास र यहाँ बस्ने अपाङ्ग बालबालिकाहरूको लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले अपाङ्ग पुर्नस्थापना केन्द्रमा बस्ने असक्त र अपाङ्ग बालबालिकाहरूलाई खाद्यान्न, शैक्षिक सामग्रीहरू, कपि, किताब, कम्प्युटर, फलामको तले सुत्ने बेड, प्रिन्टर, ह्यीलचियर, बैशाकी लगायतका महत्वपूर्ण र अति आवश्यक सामग्रीहरू केन्द्रलाई हस्तान्तरण गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष उदय बहादुर लिम्बुको सभापतित्वमा भएको थियो । कार्यक्रममा राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, शिक्षासेवी चन्द्र पौडेल, सल्लाहकार लक्ष्मीप्रसाद दाहाल, गोमन सिंह तामाङ, नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख भिमा थापा लगायतको आतिथ्यता रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…