SamwadKhabar logo

               

शिक्षा

केयूबाट ७३ विदेशीसहित १ हजार २४० जना विद्यार्थी दीक्षित

संवाद खबर

संवाद खबर

केयूबाट ७३ विदेशीसहित १ हजार २४० जना विद्यार्थी दीक्षित
जेठ २९, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८औँ दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई काभ्रेको धुलिखेलस्थित विश्वविद्यालय परिसरमा दीक्षित गरेका थिए । कार्यक्रममा मुम्बईस्थित एटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति बेलुकर र शिक्षामन्त्री तथा सहकुलपति अशोक राई, राज्यमन्त्री प्रमिला कुमारी, उपस्थित थिए । सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण गरेर सम्मान गरिएको थियो । केयूले स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी उच्चशिक्षाको विद्यार्थी उत्पादन गरेको जनाएको छ । तीमध्ये ५५ देशका ५ हजार १ सय १२ जना बिदेशी विद्यार्थी रहेका छन् । केयूबाट दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, स्नातकोत्तरका ९८ र स्नातक तहका १ हजार ९२ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । तीमध्ये ६ सय २८ जना (५०.६५ प्रतिशत) छात्रा र ६ सय १२ जना (४९.३५ प्रतिशत) छात्र रहेका छन् । मानविकी संकायका ३५, शिक्षा संकायका ५७, इन्जिनियरिङतर्फ ३ सय ६५, कानुनका १, व्यवस्थापन संकायबाट ५०, चिकित्सा विज्ञानतर्फ ५ सय ६५ र विज्ञान संकायका १ सय ६७ जना रहेका छन् । विश्वविद्यालयले पहिलोपटक स्कुल अफ इन्जिनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले उच्च सीप, दक्षता र मानवीय गुण सम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा पु¥याएको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिएका थिए । गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा केयू स्थापित भइसकेको उनको भनाइ थियो । विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेसनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेसन इन म्याथमेटिक्स एजुकेसनमा सबैभन्दा बढी सीजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक प्रदान गरेको छ । स्नताक तहमा ब्याचलर अफ एजुकेसन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सीजीपीए तीन दशमलब ८९ प्राप्त गरेका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, म्यानेजमेन्टको एमबीए तहमा सबैभन्दा बढी सीजीपीए तीन दशमलब ९७ प्राप्त गर्ने प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट एमबीए तहमा सीजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुने आयुष्मा पोखरेललाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गरिएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…