SamwadKhabar logo

               

अर्थ व्यवसाय

घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागी आईपीओ बिक्री खुल्ला

संवाद खबर

संवाद खबर

घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागी आईपीओ  बिक्री खुल्ला
जेठ ३२, काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज २०८० जेठ ३२ गते देखि सर्वसाधारणको लागी प्राथमिक साधारण सेयर (आईपीओ) को बिक्री खुल्ला गरेको छ । यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणले आगामी असार ४ गते सम्ममा खरिद गर्न सक्नेछन्। निर्धारित समय भित्र सेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ । सेयर खरिदका लागी न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसअघी वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । सो क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी छ । नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो । यो उद्योगको यसअघि दैनिक क्लिंकर उत्पादन क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेको थियो । हाल उद्योगले क्षमता विस्तार गर्दै दैनिक ६ हजार टन क्लिंकर र ४ हजार टन ग्राइन्डिङ गर्ने क्षमता बनाएको छ । यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भावले नै यो कम्पनीले आजका दिनसम्म लगातार प्रगति हासिल गर्दै आइरहेको हुँदा आजबाट सर्वसाधारणको लागि जारी गरिएको शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने हाम्रो विश्वास छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…