SamwadKhabar logo

               

अर्थ व्यवसाय

अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी

संवाद खबर

संवाद खबर

अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी
असार १२, काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो । “इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकट लगाइएका मदिराहरूको मात्र खरिदबिक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोके बमोजिमको स्थानमा अन्तःशुल्क टिकट टाँस गरेर मात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,” विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ । बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टीप्यालेस, व्यांकेट, रेष्टुरेन्टले अवैध रूपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवम् प्रयोग गरिरहेको पाइएको विभागले जनाएको छ । “अनुगमनका क्रममा कोही कसैले कानुनी व्यवस्थाको उलंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ,” विभागको सूचनामा उल्लेख छ ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…