SamwadKhabar logo

समाचार

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निस्शुल्क शल्यक्रिया हुने

संवाद खबर

संवाद खबर

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निस्शुल्क शल्यक्रिया हुने
असार २४, काठमाडौँ । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् । फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ । संघ र फाउन्डेशनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो बर्षका लागि करिब ८ हजार बिरामीहरुको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो । आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र कोहि पनि नागरिकहरुले आर्थिक अभावकै कारण दृष्टिबिहिन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा दशैभरी निःशुल्क शिबिरहरु संचालन गरिरहेको बताउछन् संघका महासचिव भरतबहादुर चन्द । डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निशुल्क शल्यक्रिया समेत गरिएको बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन शाह । अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेशनले हाले बिश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निशुल्क रुपमा प्रवाह गर्न अनुदान दिईरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउछन् फाउन्डेशनका संस्थापक डेभ रिकार्ड । सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेशनले महत्वपुर्ण सहयोग पुर्याइरहेको बताउछन् संघका कार्यकारी निर्देशक डा।शैलेसकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरु आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित छन् त्यस्ता नागरिकहरुलाई सेवा प्रवाह गर्न डाक फाउन्डेशन जस्ता दातृ निकायहरुको सहयोग महत्वपुर्ण छ’ मिश्रले भने । नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि