SamwadKhabar logo

               

राजनीति

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

संवाद खबर

संवाद खबर

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
साउन ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टीत्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा टुङ्गो लाग्नेछ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ । समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ । बैठकमा जनवर्गीय सङ्गठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टीको महाधिवेशनलगायत मुद्दामा छलफल भएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…