SamwadKhabar logo

               

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

संवाद खबर

संवाद खबर

कोशीका मुख्यमन्त्री थापा पदमुक्त
साउन ११, काठमाडौँ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.  आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो । साथै सर्वोच्चले नयाँ सरकार गठनका लागि परमादेशसमेत दिएको छ । यही साउन १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न सर्वोच्चले परमादेश दिएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवारले प्रक्रिया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०–४–१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रमुखसमेतको नाममा परमादेश जारी हुने ठहर्छ ।’’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …