SamwadKhabar logo

समाचार

रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्छः मन्त्री बस्नेत

संवाद खबर

संवाद खबर

रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्छः मन्त्री बस्नेत
साउन १२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘दाताले दान गरेको रगत सदुपयोग नभए त्यो अपराध हो । त्यस्तो हुनु हुँदैन ।’’ विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पवित्रतामा थोरै धमिलो भए पनि छवि बिग्रिन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नुपर्छ ।’’ कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लेखनीय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला शाखासहित कर्मचारी र सामाजिक संस्थाहरु छन् । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा।रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनीय रहेको देखाएको जानकारी गराउनुहुँदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्कसम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउनुहुँदै डा।झाले गुनासो नआउने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो । रेपिड टेष्टको प्रयोगका विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नुपर्ने डा।झाको सुझाव थियो । समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानवीय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नुपर्ने बताउनुहुँदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि