SamwadKhabar logo

               

शिक्षा

प्राज्ञिक विद्यार्थी परिषदद्वारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम

संवाद खबर

संवाद खबर

प्राज्ञिक विद्यार्थी परिषदद्वारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम
साउन १३, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पस मीनभवनमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम आयोजना गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागको संयोजनमा बीबीए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिमको आयोजना गरेको हो । विविए तेस्रो सेमिस्टारमा अध्ययनरत चाँदनी पोखरेलको संयोजकत्वमा आयोजना गरिएको तालिम विविए कार्यक्रमका तेस्रो सत्र र अलग अलग सत्रका सिआरहरूको सहभागीता रहेको थियो । दुई दिन सम्म सञ्चालन भएको तालिममा आत्माजगरण, अनुभुती, प्रभावकारी संचार, निर्णय लिने क्षमताको विकास, अन्तरव्यक्तिगत सम्बन्ध, नैतिकता, राष्ट्रियता, संस्कार संस्कृति जस्ता विषयहरूमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले प्रशिक्षण प्रदान गरे । विविए कार्यक्रम अध्ययनरत विद्यार्थी निमा मोक्तानजीले सञ्चालन गर्नु भएको उद्घाटन सत्रमा कार्यक्रम संयोजक चाँदनी पोखरेल, विशिष्ट अतिथिको रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, अतिथिहरू परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख एवम् छात्र विचार पत्रिकाका सम्पादक कृष्णप्रसाद हुमागाईं, नेपाल कमर्स क्याम्पस विविए विभागका निर्देशक रवीन्द्र कुमार न्यौपाने, उप निर्देशक खुविराम आचार्यज्युको महत्त्वपूर्ण उपस्थिति रहेको थियोे। तालिमको मुख्य प्रशिक्षकमा नारायण प्रसाद ढकाल थिए । कार्यक्रमका सह संयोजक दीप कार्कीले सञ्चालन गरेको समापन सत्रमा सहभागी विद्यार्थीहरूले तालिमको अनुभव सेयर गर्दै, उक्त तालिम अत्यन्तै उपलब्धि मुलक र प्रभावकारी भएको अनुभवहरू सेयर गरेका थिए । तालिमको समापन सत्रमा प्रमुख अतिथिको रूपमा नेपाल बैंक लिमिटेड जावलाखेल शाखाका शाखा प्रमुख विदुर विक्रम थापा र अतिथिको रूपमा राष्ट्र बैंकका सहायक निर्देशक कृष्ण कुमार पालको विशेष उपस्थिति रहेको थियोे भने तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको आयोजकले जनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…