SamwadKhabar logo

               

शिक्षा

शिक्षा विधेयकविरुद्ध प्याब्सनको विरोध प्रदर्शन

संवाद खबर

संवाद खबर

शिक्षा विधेयकविरुद्ध प्याब्सनको विरोध प्रदर्शन
साउन २५, काठमाडौं । शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए । गुठीमा भएका विद्यालयहरुले नै दुख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए । शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…