SamwadKhabar logo

               

राजनीति

दलाल पूँजीवादका कारण युवा विदेशिन बाध्य : महासचिव भुसाल

संवाद खबर

संवाद खबर

दलाल पूँजीवादका कारण युवा विदेशिन बाध्य : महासचिव भुसाल
साउन २८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भसालले युवा बेरोजगार उत्पादन र रोजगारीमा राज्यको सही आर्थिक नीति नभएको र दलाल पूँजीवादी अर्थनीतिले युवा बेरोजगार बढाएको र विदेशिन बाध्य बनाएको चर्चा बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज बिहान पेसागत महासंघ नेपाल युवा राष्ट्रिय समितिको आयोजनामा युवा र्याली तथा शुभकामना आदानप्रदान तथा युवा विशेषांक कोनेप बुलेटिन विमोचन र पेसागत स्वयंसेवक कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले भने, एकीकृत समाजवादी पार्टीले अब मुलुकमा समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको कार्यक्रमलाई आगामी महाधिवेशनबाट अगाडि बढाउने बताए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज बिहान युवा र्याली रत्नपार्क–जमल–तीनधारा पाठशाला हुँदै कमलादीस्थित प्रज्ञा भवनसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो र्यालीमा श्रमिक कर्मचारीको रोजगारीको स्थायित्व प्रदान गर, सामाजिक सुरक्षाका सुविधाको प्रत्याभूति गर, उत्पादन र रोजगारी वृद्वि हुने क्षेत्रमा लगानी विस्तार गर, अनियमितता र भ्रष्टाचार गर्नेलाई कारबाही गर, श्रमिकमैत्री श्रम कानुन लागू गर भन्दै युवाहरुले नारा लगाएका थिए । कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियू) का प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान तथा पेसागत महासंघ नेपालबाट प्रकाशित युवा बिशेषांक कोनेप सन्देश विमोचन गर्दै प्रमुख अतिथि भुसाललगायतका अतिथिहरु गरेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले युवा रोजगारीका क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री नरेश शाही र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले युवाले भोगिरहेका समस्या बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पदम खत्रीको संयोजकत्वमा ५१ सदस्यीय पेसागत महासंघ नेपाल स्वयंसेवक समिति गठन भएको घोषणा गरिएको छ । महासंघका महासचिव राजन रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तथा युवा राष्ट्रिय समितिका संयोजक शरणकुमार गुरुङले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…