SamwadKhabar logo

               

अन्तर्वार्ता

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने
१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मनाइने भएको छ । गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपाइँजात्रा छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो । काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा गाइजात्रा तथा रोपाइँजात्रा (घोनाई) मनाउन लागेको शुक्रबार बौद्ध तामाङ गुठीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । आगामी भदौ १५ गते गाइजात्राको भोलिपल्ट मृतकका आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउन लागिएको हो । काठमाडौ महानगरपालिका ६ का वडा अध्यक्ष भुवन लामाले जात्राको लागि महानगरको सम्पदा शाखा मार्फत १५ लाख दिने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी बौद्धनाथ क्षेत्र बिकास समितिले जात्रा मनाउन १० लाख आर्थिक सहयोग दिने अध्यक्ष राजकुमार लामाले जानकारी दिए । बौद्धको रोपाइँजात्रा स्थानीय कृषकहरुले सदियौं अघिदेखि मनाउन थालेको मानिन्छ । बौद्धको मौलिक जात्राको रुपमा मनाइँदै आएको रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट बौद्धका तामाङ समुदायले रोपाइँ जात्रा मनाउने गर्दछन् । कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ । उक्त जात्रामा १० विविध विधाहरूमा इच्छुक जो कोही प्रतिस्पर्धीको रूपमा सहभागी गराउने तथा प्रतिस्पर्धी मध्येबाट विधागत उत्कृष्ट कलाकारहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार नगद प्रदान गरिने छ । प्रतिस्पर्धा विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य–व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहनेछन् । विगतका वर्षहरूमा भन्दा यस पटकको यो जात्रा फरक एवं उत्कृष्ट हुने आयोजकले दावी गरेको छ । पत्रकार सम्मेलनमा वडा नम्बर–६ का वडा अध्यक्ष भुवन लामा,बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामा, आयोजक समितिका प्रवक्ता सम्पुर्ण कुमार लामा र टासीकुमार लामा,मुल समारोह समिति संयोजक जय मंगल लामाले पत्रकारका जिज्ञासाको उत्तर दिएका थिए । कार्यक्रम संचालन मुल समारोह समितिका सचिव धरम लामाले संचालन गरेका थिए ।

ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …