SamwadKhabar logo

               

अर्थ व्यवसाय

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

संवाद खबर

संवाद खबर

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार
भदौ १५, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु¥याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने जनाइएको छ । यसैगरी वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य (जस्तै टुर एन्ड ट्राभल्स)  आदिमा संलग्न हुन नपाउने, वायुसवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्याकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मतसम्भारको तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नापउने व्यवस्था गरिएको छ । पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने जनाइएको छ । ‘नो अब्जेक्सन लेटर’ पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व एवं निजी वायुसेवा कम्पनीले जिम्मेवार म्यानेजर र पोष्ट हाल्डर नियुक्त गर्न नपाउने, प्राधिकरणले वायुसेवा कम्पनीको अकाउन्टटेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गर्ने पनि उक्त दशौँ संशोधनमा उल्लेख गरिएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…