SamwadKhabar logo

               

अर्थ व्यवसाय

कम्पनी दर्ता पाँच वर्षयताकै न्यून, एक वर्षमै साढे सात हजारले कमी

संवाद खबर

संवाद खबर

कम्पनी दर्ता पाँच वर्षयताकै न्यून, एक वर्षमै साढे सात हजारले कमी
भदौ १८, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९÷ ०८० मा कम्पनी दर्ता पाँच वर्षयताकै कम भएका छन् । कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार गत आवमा करिब २१ हजार कम्पनी दर्ता भएका हुन् । यो संख्या विगत पाँच वर्षको तुलनामा सबैभन्दा कम हो । आर्थिक मन्दीको कारणले लगानीमैत्री वातावारण नहुँदा कम्पनी दर्तामा कमी आएको जानकारहरू बताउँछन् । अघिल्लो आव २०७८÷ ७९ को तुलनामा गत आवमा सात हजार ६४४ कम कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार गत आवमा २०७९÷ ८० मा प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने र विदेशी शाखारसम्पर्करवैदेशिक लगानी गरेर २१ हजार ३७३ कम्पनी दर्ता भएको कार्यालयका सूचना अधिकारी शेखरबाबु कार्कीले जानकारी दिए । जबकि, अघिल्लो आर्थिक वर्ष २०७८÷ ७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए । पछिल्लो पाँच वर्षको तथ्यांक आव २०७४÷ ०७५ मा २२ हजार ३३०, आव २०७५÷ ०७६ मा २५ हजार ५०० कम्पनी दर्ता भएका थिए । आव २०७६÷ ७७ मा १८ हजार ६३८ कम्पनी दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको थियो । जसकारण नेपालसहित विश्वमै उद्योग तथा व्यापार ठप्प भएको थियो । यस्तै, आव २०७७÷ ७८ मा २६ हजार ५०५ कम्पनी दर्ता भएका थिए । आर्थिक मन्दीको असरले गर्दा कम्पनी दर्तामा कमी आएको उद्योग मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरेले बताए । अहिले व्यापारिक मलभित्रका पसल र सटर बन्द भइरहको अवस्थामा नयाँ व्यवसायी आउने सक्ने अवस्था नरहेको घिमिरेको धारणा छ । “मलभित्रका ठूला पसल र चलिरहेका सटरहरू बन्द भएर बसेका छन् । ती कुराको ‘चेन इफेक्ट’ले गर्दा जुन संख्यामा पहिला कम्पनी दर्ता हुन्थ्यो, त्यसमा कमी आएको हो,” उनले बाह्रखरीसँग भने, “त्यसले भइरहेका जति छन्, तिनीहरूको उपस्थिति छ । तर, नयाँ दर्ताको संख्या कम हुन थालेको हो ।” कार्यालयका अनुसार आव २०७९÷ ०८० प्राइभेट लिमिटेडअन्तर्गत २० हजार ४५५ कम्पनी दर्ता भएका छन् । स्तै, पब्लिक लिमिटेड ८४, मुनाफा वितरण नगर्ने ६७८ र विदेशी शाखा÷ सम्पर्क÷ वैदेशिक लगानीमा १५६ कम्पनी दर्ता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …