SamwadKhabar logo

समाचार

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः मन्त्री आचार्य

संवाद खबर

संवाद खबर

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः मन्त्री आचार्य
भदौ १९, काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलवीच सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । ‘बि.स २०३५ सालमा स्थापना भएको संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको छ, र संघलाई यो उपलब्धि हासिल गर्नमा सहयोग पुर्याउने सिबिएम लगाएत स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई समेत धन्यवाद दिन चाहान्छु’ मन्त्री आचार्यले भने । नेपाली जनतालाई सर्वसुलभ मूल्यमा देशभर गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरेकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै उनले आगामी दिनहरुमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । त्यस्तै सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य माननिय आर।पी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले सिबिएम जस्ता दातृ निकायहरुको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न संभव भएको भन्दै सबैलाई धन्यवाद समेत दिए । संघले अब नेपाली जनताहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाहसंगै नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताउछन् संघका महासचिव भरतबहादुर चन्द । ‘सिबिएम हाम्रो एक पुरानो र महत्वपुर्ण दातृ निकाय हो, नेपालको अन्धोपन र बहिरोपन निवारणमा अहिलेसम्म हामिले जे जति उपलब्धिहरु हाँसिल गर्न सफल भएका छौ त्यसको एक महत्वपुर्ण हिस्सेदार सिबिएम पनि हो’ संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने । सिबिएम ग्लोबलका अन्तराष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे । जग्गा दाता चौधरी परिवारका तर्फबाट बोल्दै पुर्वमन्त्री पद्मनाराय चौधरीले त्यो क्षेत्रका जनताहरुले सहज रुपमा आँखा उपचार सेवा प्राप्त गरुन् भन्ने उद्येश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरिएको बताए । सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा। अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो । सिबिएमबाट खटाइएका डा।हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् । अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा सहित २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको बताउछन् लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधिर कुमार ठाकुर । सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढि मानिसका आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ । उक्त कार्यक्रमा सिबिएमको सहयोगमा सञ्चालित कार्यक्रम मार्फत अन्धोपन तथा बहिरोपन न्यूनिकरणमा योगदान गर्ने प्रा.डा. रामप्रसाद पोख्रेल, डा. अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार(स्व. सरोवरलाल चौधरी,स्व. छबिलाल चौधरी र श्री रविन्द्रलाल चौधरी) , सुधीरकुमार ठाकुर, डा।सञ्जय कुमार सिं र बिन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो भने नेपालको अन्धोपन र बहिरोपन न्यूनिकरणमा महत्वपुर्ण महत्वपुर्ण सहयोग गरेकोमा नेत्रज्योति संघले सिबिएम ग्लोबल र सिबिएम इन्टरनेशनलाई समेत सम्मानित गरेको छ । साथै सोहि अवसरमा ‘दिगो र व्यापक आँखा उपचार सेवा आजको आवश्यकता’ विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा नेत्रज्योति संघका डा।शैलेश कुमार मिश्र, आईएपिबिका युद्ध धोज सापकोटा, सिबिएममा सुरज सिग्देल, स्वास्थय तथा जनसंख्या मन्त्रालयका रबिकान्त मिश्र, नेपाल अप्थाल्मीका सोसाइटीकी डा. मिनु चौधरी र राष्ट्रिय अपांग महासंघका देविदत्त आचार्य सहभागि थिए भने उक्त छलफलको सहजिकरण संघका कार्यक्रम व्यबस्थापक रन्जन साहले गरेका थिए । उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कोषाध्यक्ष बिनय लामा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, लगायत आँखा स्वास्थ्य सेवासंग सम्बन्धि विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि